श्रावण ३२ २०७६   |  2019 Aug 17    


बुटवलमा गोली हानी हत्या

बुटवल उपमहानगरपालिका १ गढीटोलमा गोली हानी एक जनाको हत्या भएको छ । राति करिब ८ बजे भाडामा बस्दै आएका फिरोज खानको हत्या भएको हो । करिब ४५ बर्षिय खान भारतीय मूलका हुन ।

ग्यारेजबाट कोठातर्फ आउँदै गर्दा उनलाई गोली हानी हत्या गरिएको स्थानीयले बताएका छन् । इ–रिक्साबाट आएका उनी घरको अगाडि ओर्लदै थिए । प्रहरीका अनुसार कस्ले, के कारणले गोली हानेको हो भन्ने बारे समाचार तयार गर्दासम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन् । इलाका प्रहरी कार्यालयका प्रमुख एसपी डिलबहादुर मल्लले घटनाको बिषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

गोली प्रहारबाट घाइते खानलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।

 

अपडेट : 2019-03-27 23:51:31




your-image

Leave a Comment