वैशाख ६ २०७६   |  2019 Apr 19    


दाङमा जीप दुर्घटना हुदा दुई जनाको मृत्यु

news

 

दाङको तुलसीपुर उपमहानगरपालिका १९ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना भने घाइते भएका छन् ।

मृत्यु हुनेमा जीप चालक तुलसीपुर १९ बाँसगढीका १९ वर्षीय लाल बहादुर वली र जीपमा सवार तुलसीपुर १९ छिल्लीकोटका ५५ वर्षीय अम्बरबहादुर वलीको घटनास्थलमै मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकसहित दुई जनाको मृत्यु भएको हो ।

बुधबार साँझ दाङको दुधरासबाट छिल्लीकोटतर्फ जाँदै गरेको लु १ च ५९१२ नम्बरको पिकअप जीप सडकबाट करिब १ सय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका ५ जनाको तुलसीपुरमा उपचार भइरहेको छ ।

अपडेट : 2019-02-28 13:17:56




your-image

Leave a Comment